भरतपुर अस्पतालले माग्यो १२ डाक्टर, विशेषज्ञलाई पनि आठौँ तह

अ +
अ -
चितवनको भरतपुर अस्पतालले ज्यालादारी डाक्टर माग गरेको छ । अस्पतालले आज सूचना जारी गरी आठौँ तहमा मेडिकल अधिकृत र केही विशेषज्ञ डाक्टर माग गरेको हो ।
आठौँ तहको मेडिकल अधिकृत १२ जना भनी माग गरिएको छ । तर अस्पतालले १२ जनामध्ये ४ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खोलिएको तल उल्लेख गरेको छ । जसमा एक अर्थाेपेडिक सर्जन, एक जनरल सर्जन र २ जना एनेस्थेसियोलोजिस्ट आवश्यक परेको भनेको छ ।
तर विशेषज्ञ चिकित्सकको पद ९औँ तहबाट मात्रै सुरु हुन्छ । यहाँ भने आठौँ तहमै विशेषज्ञ चिकित्सक माग गरिएको छ ।
योग्यता पुगेका इच्छुकलाई ७ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । आवश्यकताको सूचनामा आजको मिति राखिएपनि अस्पतालको पेजमा हिजो नै सूचना राखिएको छ ।

तपाईँको अभिमत