हिमालयन फ्री क्लिनिकले स्वास्थ्य उपकरण सहयोगार्थ सांगीतिक कार्यक्रम गर्दै
भर्जिनिया : अमेरिकाको उत्तरी भर्जिनियामा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको हिमालयन फ्री क्लिनिकले स्वास्थ्य उपकरण खरिद सहयोगार्थ विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रम आगामी सेप्टेम्बर १३ मा साँझ ६ बजे सुरु हुनेछ ।
कार्यक्रममा गायक सत्य स्वरूपराज आचार्यले प्रस्तुति दिने तय भएको छ । क्लिनिककी कार्यकारी निर्देशक रजिष्टर्ड नर्स मञ्जु कार्की संग्रौलाले संकलित रकम स्वास्थ्य उपकरण खरिदमा प्रयोग गरिने जानकारी दिँदै कार्यक्रममा सहभागिता जनाई सहयोग गर्न समुदायलाई अपील गर्नुभएको छ ।
सन् २०२२ मा स्थापना भएको क्लिनिकमार्फत बीमाविहीन तथा आर्थिक कठिनाइमा रहेका नेपाली आप्रवासीलाई नियमित स्वास्थ्य परीक्षण, दीर्घ रोग व्यवस्थापन, मानसिक स्वास्थ्य परामर्शलगायतका सेवा निःशुल्क दिइँदै आएको छ ।
नेपाली समुदायको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बीमाबाट वञ्चित नेपालीहरूलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले स्थापित क्लिनिकलाई हाल स्वास्थ्य उपकरणको आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रम आगामी सेप्टेम्बर १३ साँझ ६ बजेबाट Ox Hill Baptist Church, 4101 Elmwood St, Chantilly, VA सुरु हुनेछ ।
आर्थिक कठिनाइ झेलिरहेका तथा स्वास्थ्य बीमाबाट वञ्चित नेपालीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गर्न स्थापना गरिएको क्लिनिकबाट नेपाली आप्रवासीहरूको उपचारमा सहज भएको छ ।
क्लिनिकमा नेपाली डाक्टर, नर्स एवं अन्य पेशाका गरि ३६ जना स्वयमसेवक आवद्ध छन् । नेपाली डाक्टर, नर्ससँग आफ्नै भाषामास्वास्थ्य समस्या बताएर उपचार पाउँदा नेपाली खुशी हुने गरेका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत