गंगालाल अस्पतालमा स्टाफ नर्सका लागि ४ हजार जनाको आवेदन

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा स्थायी पदमा ३० जना स्टाफ नर्सका लागि खुलाइएको विज्ञापनमा करीब ४ हजार जनाले आवेदन दिएका छन् । अस्पतालले जेठ २९ गते विज्ञापन प्रकाशित गरेको थियो । आवेदन दिने अन्तिम मिति गत शुक्रबार (असार २४ गते)सम्म थियो ।
अस्पताल प्रशासनले दिएको जानकारी अनुसार स्टाफ नर्सका लागि झण्डै ४ हजार जनाले आवेदन दिएका छन् । यद्यपी अध्यावद्यिक राख्ने काम चलिरहेको प्रशासनको भनाइ छ ।
खुलातर्फ विभिन्न पदमा ५५ जनाका लागि विज्ञापन खुलाइएकोमा सबैभन्दा धेरै स्टाफ नर्सको माग गरिएको छ । कार्यक्षमता मूल्यांकन आन्तिरिकबाट केन्द्रमै कार्यरत योग्यता पुगेका कर्मचारीहरुका लागि नर्सिङ उपसमूहमा वरिष्ठ सुपरभाइजर(१), नर्सिङ सुपरभाइजर(४), सिस्टर (१), वरिष्ठ स्टाफ नर्स (७) गरी १३ जनाका लागि आवेदन खुलाइएको थियो । परीक्षा ३ महिनाभित्र हुने जनाइएको छ ।
तपाईँको अभिमत