नेपाललाई तत्काल १० लाख डोज खोप दिने चीनको घोषणा
अ +
अ -
काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । राष्ट्रपति सी जिनपिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गर्नुभएको हो ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी सि जिनपिङबीच टेलिफोन वार्ता भएको थियो ।
राष्ट्रपति पिङले नेपाललाई १० लाख खोप दिने घोषणा गर्नुभएको जानकारी नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी ट्वीट मार्फत जानकारी दिनुभएको छ ।
यसअघि चीनले ८ लाख मात्रा भेरोसिल खोप सहयोग गरिसकेको छ ।
नेपालमा अभावपछि खोपबारे अन्यौल भइरहेका बेला चीनले थप खोप घोषणा गर्नुले ठुलो राहत मिलेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत