पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कोरोना संक्रमण
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। श्रीमती हिसिला यमीसँगै आफूलाई कोरोना संक्रमण पुष्टि भएको शनिबार ट्वीटरबाट उहाँले जानकारी दिनुभएको हो।
‘हिसिला र म दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ’, भट्टराईले ट्वीटरमा भन्नुभएको छ, ‘कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो।’
पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरू चिकित्सकको सल्लाह बमोजिम ‘होम आइसोलेसन’मा रहने बताउनुभएको छ।
उहाँले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।
हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe pic.twitter.com/XbaDvIpvHE
— Baburam Bhattarai (@brb1954) October 24, 2020
तपाईँको अभिमत