संक्रमितलाई वीरको नयाँ भवनमा सारेर ट्रमामा ननकोभिडको उपचार गरिने
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत कोरोना संक्रमितलाई कोभिड-१९ यूनिफाइड केन्द्रिय अस्पताल वीरको नयाँ सर्जिकल भवनमा सारिने भएको छ । नयाँ भवनमा संक्रमितको उपचार सुरु भएसँगै ट्रमाको संक्रमितलाई वीरमा सारिन लागेको हो । वार्ड र एचडियु बेडमा उपचाररत सबै संक्रमितलाई यसै हप्ताभित्र वीरमा सारिने केन्द्रिय अस्पतालका प्रमुख प्रशासकिय अधिकारी प्राडा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
साथै वीरको पुरानो भवनमा रहेका करीब १५० संक्रमितलाई पनि नयाँ भवनमा नै सारिने उहाँले बताउनुभयो । त्यसपछि ट्रमा र वीरको पुरानो भवनमा नन कोभिडका बिरामीको उपचार हुने गौतमले बताउनुभयो । ट्रमालाई हाल ७० भन्दा बढी संक्रमितको उपचार भइरहेको छ भने त्यहाँ भर्ना भएका ननकोभिडका अरु बिरामी भने जोरपाटीस्थित अर्थाेपेडिक अस्पतालमा सारिएको थियो ।
अहिले वीरमा अक्सिजन प्लान्ट जडान लगायतका काम चलिरहेको छ । सरकारले लामो समयअघि नै वीरको नयाँ भवनमा संक्रमितको उपचार गर्ने निर्णय गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन ।
हेल्थपाटी 
तपाईँको अभिमत