डा.देवकोटा र डा.बराकोटी १२औँ तहमा बढुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त स्वास्थ्य सचिव(१२औँ) तहमा डा. विकास देवकोटा र डा. टंकप्रसाद बाराकोटी बढुवा हुनुभएको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरुलाई बढुवा गर्ने निर्णय गरेको हो । हाल डा. देवकोटा लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका रुपमा र डा.बाराकोटी प्रदेश अस्पताल भद्रपुरमा कार्यरत हुनुहुन्छ।
२०७८ मंसिर २ गते १२औं तहमा बढुवा हुनु भएका डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीको अवकासपछि २ वटा दरबन्दी खाली थियो । डा. यादवले गत भदौ १ र लोहनीले कार्तिक २ गते अवकास पाउनुभएको थियो ।
यी पद अघिल्लो सरकारकै पालामा पुस ७ गते स्वास्थ्य मन्त्रालयले १२औं तहमा बढुवाका लागि ३ जनाको नाम सिफारिस गरेको थियो ।जसमा पहिलो नम्बरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, दोस्रोमा डा.देवकोटा र तेस्रोमा डा.टंक बराकोटीको नाम सिफारिस भएको थियो ।
पुस ११ गते नयाँ सरकार गठन भएपछि बढुवाको सिफारिस निस्क्रिय भएको थियो । माघ पहिलो साता १२औँ तहमा बढुवाका लागि पुरानै नाम स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार पहिलो अहिले बढुवा गरिएको हो।
स्वास्थ्यमा अतिरिक्त स्वास्थ्य सचिवको ४ वटा दरबन्दी छ । अहिले डा. संगिता मिश्रा र डा. दीपेन्द्ररमण सिंह १२औं तहमा कार्यरत हुनुन्छ।
हेल्थपाटी
तपाईँको अभिमत