१२औँ तहमा बढुवाका लागि डा.बराकोटी र डा.मिश्रा सिफारिस
स्वास्थ्य सेवातर्फ १२औँ तहमा बढुवाका लागि दुई जनाको नाम सिफारिस हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले प्रमुख विशेषज्ञ पदका लागि डा. टंकप्रसाद बराकोटी र २ डा. संगिता कौशल मिश्राको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
मंगलबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बराकोटी र मिश्राको नाम सिफरिस गरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो।
प्रमुख विशेषज्ञ डा.भीमसिंह तिंकरीले गत माघमा अवकास भएपछि १२औँ तहको एउटा पद खाली थियो । यही रिक्त स्थानमा बढुवा हुन लागेको हो । पहिलो नम्बरमा रिफारिस हुनुभएका डा. बराकोटी मेची अस्पतालमा कार्यरत हुनुहुन्छ डा मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रायको प्रवक्ताका रुपमा कार्यरत हुनुहुन्छ ।
बढुवा समितिको सिफारिस गरेपछि १२औँ तहमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
हेल्थपाटी
तपाईँको अभिमत