कर्मचारीको स्तरबृद्दि सम्बन्धी स्वास्थ्य सेवा विभागको सूचना
अ +
अ -
काठमाडौं । काठमाडौं । स्वास्थ्य सेवा विभागले संघ,प्रदेश र स्थानिय तहमा समायोजन भएका स्वास्थ्य सेवाका छैठौ तह सम्मका कर्मचारीहरुको स्तरबृद्दिको काम भइरहेको जनाएको छ । विभागले आज सूचना जारी गरि स्तरबृद्दिको काम भइरहेको र सोको नतिजा महामारी पछि प्रकाशित गर्ने जानकारी गराएको छ ।
यसअघि विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले हेल्थपाटीसंगको कुराकानीमा स्तरबृद्दिको काम १५ दिनभित्र सकिने बताउनुभएको थियो । उहाँले कोरोना विरुद्धको अभियानमा जुट्न पर्ने भएकाले केही ढिला भएको अवगत गराउदै काम भइरहेको बताउनुभएको थियो । झण्डै डेढ वर्षदेखि स्तरबृद्दि रोकिदा विभाग अन्तर्गतका करिव ५ हजार कर्मचारीहरु मर्कामा परेका छन् ।
हेर्नुहोस् स्तरबृद्दि सम्बन्धी विभागको सूचना :
हेल्थपाटी 
तपाईँको अभिमत