स्वास्थ्यकर्मीकाे स्तरबृद्दि १५ दिनभित्र : स्वास्थ्य सेवा विभाग

फोटो : जगन्नाथ ढकाल
काठमाडौं,२४ बैशाख । स्वास्थ्यमा विगत २ वर्षदेखि रोकिएको स्तरवृद्दि १५ दिनभित्र हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई स्तरवृद्दि गर्न निर्देशन दिइसकेको छ । मन्त्रालयका सह–सचिव रघुराम विष्टले भन्नुभयो यो काम विभागले गरिररहेको छ, केही दिनमा नै टुंगिन्छ । मन्त्रालयबाट हुने स्तरबृद्दिको काम भइरहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले कर्मचारीहरुको स्तरबृद्दि १५ दिनभित्र सक्नेगरि काम अघि बढेको बताउनुभयो ।
उहाँले स्तरबृद्दि नहुँदा कर्मचारीहरुको मनोबल घटिरहेकाले स्तरबृद्दिमा ढिलाई नहुने बताउनुभयो । महानिर्देशक श्रेष्ठले स्तरबृद्दिमा विभाग तिब्र गतिमा अघि बढेको भन्दै कोरोना विरुद्धको अभियानमा केन्द्रित हुनुपर्दा केही ढिलाई भएको स्वीकार्दै १५ दिनभित्र टुंगिने गरि काम अघि बढाइएको बताउनुभयो । करिब २ वर्षदेखि स्तरवृद्दि रोकिदा ५ हजार भन्दा बढि कर्मचारी मर्कामा परेका छन् । स्वास्थ्य सेवा ऐन अनुसार प्रत्येक ६ महिनामा योग्यता पुगेका कर्मचारीको स्तरवृद्धि हुने व्यवस्था छ । स्तरवृद्दिको बाटो खुलाइदिन माग गर्दै कर्मचारीहरुले पटक –पटक आग्रह गर्दै आएका छन् ।
ऐनमा के छ व्यवस्था
स्वास्थ्य सेवा ऐन अनुसार चौथो तहबाट पाचौ तहमा स्तरबृद्दि हुन सम्बन्धित तहमा पाँच वर्ष सेवा गरेको तथा कम्तिमा एक वर्ष अति दुर्गम वा दुई वर्ष दुर्गम क्षेत्रमा काम गरेको हुनुपर्छ । पाचौं तहबाट छैठौमा स्तरबृद्दि हुन योग्यताका आधारमा ५ देखि ८ वर्ष सम्बन्धित क्षेत्रमा सेवा गरेको तथा कम्तिमा एक वर्ष अति दुर्गम वा दुई वर्ष दुर्गम क्षेत्रमा काम गरेको हुनुपर्छ ।

जगन्नाथ ढकाल
तपाईँको अभिमत