यो भीडमा थिए पर्साका संक्रमित पत्रकार, सांसद प्रदिप यादव शंकाको घेरामा
वीरगन्ज । पर्सामा मंगलबार कोरोना स्रक्रमणको पुष्टि भएका ३९ जनामध्ये २ जना सञ्चारकर्मीहरु रहेको पुष्टि भएको छ। कोरोना स्रकंमण देखिएका सञ्चारकर्मीहरु माथिको भीडमा रहेको खुल्न आएको छ। त्यो भीड ६ दिनअघिको मात्रै हो । जतिबेला पर्सा क्षेत्र नम्बर–१ संघीय सांसद प्रदिप यादवले वीरगन्जका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नुभएको थियो।
उहाँले यही बैखाश २४ गते बीरगन्जको घण्टाघरमा करिब ५० जना सञ्चारकर्मीहरुलाई बोलाएर स्वास्थ्य सामाग्री वितरण गर्नुभएको हो। स्रोतले दिएको जानकारी अनुसार त्यस कार्यक्रममा सांसद यादवले संक्रमण देखिएका पत्रकारसँगै कुम जोडेर बसी भाषण गर्नुभएको थियो।
सांसद प्रदीप यादव एक महिना अगाडी दुई पत्रकारसहित जम्बो टोली लिएर भारतीय क्वारेन्टाइन पुग्नुभएको थियो। सीमापारि भारतमा रोकिएका नेपालीको अवस्था बुझ्न भन्दै उहाँ भारतमा नेपाली राखिएको क्वारेन्टाइन जानु भएको थियो।
यो पढ्नुहोस् : कसरी पुगे नेपाली सांसद भारतीय क्वारेन्टाइनमा ? वीरगञ्ज त्रासमा
यादवले यसरी भारतीय क्षेत्रमा पुगी क्वारेन्टाइनमा राखिएकालाई भेटेपछि उनीबाट संक्रमणको जोखिम हुने भन्दै उहाँ पनि क्वारेन्टाइनमा बस्नुपर्ने आवाज उठ्यो। त्यसपछि गृहमन्त्रालयले सांदस यादवलाई क्वारेन्टाइन बस्न निर्देशन दिएपछि बस्ने सहमति गरेपनि उहाँले त्यसलाई पालना गर्नुभएन। संक्रमण पुष्टि भएका सञ्चारकर्मीहरु सांसद यादवले स्वास्थ्य सामाग्री वितरण गरेको भीडमा रहनुले यहाँ पनि शंकाको घेरामा पर्नुभएको छ।
यो पढ्नुहोस् : बीरगञ्जमा प्रशासनबाट किन भइरहन्छ लापारबाही ?हेर्नुहोस् यो भीड
अहिले यादव प्रतिनिधिसभाको बजेट अभिवेशनमा सहभागी भइरहनु भएको छ। सांसद यादवसँग मात्रै नभइ संक्रमित पत्रकारले २ दिनअघि मात्रै पर्साका प्रमुख जिल्ला अधिकारी र डीआईजीलाई समेत भेटेको खुल्न आएको छ।
लकडाउनमा सहजै जतापनि हिडडुल गर्ने छुट पाएका सञ्चारकर्मीसहित एकैदिन पर्सामा ३९ जनामा संक्रमण देखिएपछि त्रास फैलिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत