कोरोना संकट स्वास्थ्य अनुसन्धानमा सुनौलो अवसर
बिरामीलाई उपचार सहयोग गरेता पनि केहि मेडिकल टिमले उपचारको नाममा नेपालीहरूमा नयाँ औषधिको परीक्षण (drug trial) गर्न लागेको हर्कत बेलैमा थाहा पाएर सरकारले उनीहरूलाई फिर्ता पठाएको थियो
दोश्रो विश्वयुद्ध (१९३३-१९४५)को समाप्तिपूर्व जर्मनीका नाजीहरूले युद्धका बेला अपहरणमा परेका तथा जेलमा रहेका कैदीहरूमा उनीहरूको अनुमति बेगर नयाँ-नयाँ मेडिकल जाँच तथा परीक्षण गर्ने प्रचलन विद्यमान थियो।
जर्मनीका चिकित्सकहरूले नयाँ औषधिको विकास गर्न, औषधिको प्रभावकारिताको अध्ययन गर्न, जर्मनीका सैनिकहरूको हकहितका लागि तथा नाजी समुदायको स्वास्थ्य प्रणालीलाई मात्र सबल तुल्याउन मेडिकल रिसर्चलाई दुरुपयोग गरिन्थ्यो जसलाई ‘नाजी मेडिकल एक्सपेरिमेन्ट्स’ को नामले संसारभर चिन्ने गरिन्छ।
दोश्रो विश्वयुद्धको समाप्ति पश्चात परीक्षणमा सहभागीको अनुमति आवश्यक पर्ने मान्रयता स्थापित भयो । अनुमति पश्चात मात्रै अनुसन्धान गर्ने विश्वव्यापी मान्यतालाई ‘नुरेम्वर्ग कोड’ले स्थापित गर्यो फलतस् अनुसन्धानको क्षेत्रमा मेडिकल आचार संहिताको महत्व तथा अनुसन्धानको क्षेत्रमा नयाँ मान्यताले विश्वव्यापी रुप ग्रहण गर्यो। यसलाई दोश्रो विश्वयुद्धको संकट पश्चात मेडिकल अनुसन्धानको क्षेत्रमा भएको ठूलो उपलब्धिका रुपमा लिन सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले १८ मार्च २०२० मा यस Global Clinical Trial को लन्च गरेको हो । यस Trial मा एकसय भन्दा धेरै राष्ट्रहरूको सहभागिता रहेको छ।
विश्व स्वास्थ्य संगठन (WHO)ले २२ जनवरी २०२० मा जनस्वास्थ्यमा विश्वव्यापी संकटकाल घोषणा गरेपश्चात हाल यो लेख तयार पार्दा सम्म विश्वमा चालीस लाख भन्दा धेरै कोरोना संक्रमित देखिएका छन् भने यस भाइरसको संक्रमणका कारण दुई लाख असी हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । यस तथ्यांकले कोरोना महामारीलाई वर्तमान समयमा संसारकै ठूलो मानवीय संकट र चुनौतीका रुपमा स्थापित गरेको छ ।
विश्वभर कोरोनाको संकट बढ्दै जाँदा शक्तिशाली राष्ट्रहरूबीच कोरोनालाई लिएर एक किसिमको शीत युद्धसमेत उत्पन्न भएको छ। खासगरी अमेरिकाले कोरोना भाइरसलाई चीनले प्रयोगशालामा कृत्रिमरुपमा जन्माएर संसारभर नै फैलाएको आरोप लगायो। यद्यपी WHO ले यसलाई खण्डन गर्दै कोरोनालाई प्राकृतिक भाइरस नै भएको ठहर गरेको छ। कोरोनाको संकटसँग लड्न अहिले संसारभरका वैज्ञानिक र समेडिकल क्षेत्र SARS CoV-2 भाइरस खोप तथा औषधि पत्ता लगाउन दिनरात अनुसन्धानमा जुटिरहेका छन्।
१०६३ जना कोरोना संक्रमितमा गरिएको परीक्षणमा Remdevisir नामक औषधिको प्रभावकारिता देखिएपश्चात यसलाई अमेरिकाको एफडीए (Food and Drug) ले गम्भीर प्रकृतिका बिरामीलाई उक्त औषधि प्रयोग गर्न स्वीकृति दियो
संकटको समयमा निश्चित नियम कानुनको परिधि नहुने अभ्यासलाई टेक्दै अमेरिका र भारतले बिनापरीक्षण मलेरियामा प्रयोग गरिने hydroxychloroquine नामक औषधिलाई कोरोनाको उपचारमा प्रयोग गर्न अनुमति दियो। परीक्षणबिना नै अपतकालिन अवस्थामा कोरोनाविरुद्ध उक्त औषधि प्रयोगमा ल्याइएको भनेर ट्रम्प प्रशासनको निकै आलोचना समेत भएको थियो। सो पश्चात अमेरिकामा १०६३ जना कोरोना संक्रमितमा गरिएको परीक्षणमा Remdevisir नामक औषधिको प्रभावकारिता देखिएपश्चात यसलाई अमेरिकाको एफडीए (Food and Drug) ले गम्भीर प्रकृतिका बिरामीलाई उक्त औषधि प्रयोग गर्न स्वीकृति दियो। हाल अमेरिकासँगै जापान सरकारले समेत यो औषधिको प्रयोगलाई मान्यता दिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पहलहरू
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीको नेतृत्वमा कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि निम्न लिखित विषयहरुमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका अध्ययन अनुसन्धानहरु भइरहेकाछन् ।
Solidarity Drug Trial
विश्व स्वास्थ्य संगठनले १८ मार्च २०२० मा यस Global Clinical Trial को लन्च गरेको हो । यस Trial मा एकसय भन्दा धेरै राष्ट्रहरूको सहभागिता रहेको छ। यसको मुख्य उदेश्य उच्च स्तरको विश्वव्यापी कोरोना सम्बन्धि तथ्यांकको माध्यमबाट कोरोना भाइरसविरुद्ध प्रभावकारी उपचार पद्दति पत्ता लगाउनु हो।
हाम्रो जस्तो सीमित श्रोत, साधन भएको अनि तत्काल खोपको विकास र औषधि उत्पादन गर्ने क्षमता नभएको मुलुकमा यस Trial मा सहभागिता जनाउदा नेपालीहरूमा समेतविश्वमा प्रयोग भैरहेका कोभिड(१९ बिर्रुधको औषधिको प्रभावकारिता कतिको छ भनेर निष्कर्षमा पुग्न सकिन्छ जुन नेपालको लागि सुनौलो अवसर समेत हो ।
SARS-CoV-2 भाइरसको genetic strain को अध्ययन :
सन २०१३ मा हाम्रो टिमले हात्तीपाइले गराउने परजीवीको genetic अध्ययन गर्ने क्रममा नेपालमा genetic study का लागि उपयुक्त वातावरण नहुँदा बाध्यताले भारत जानुपरेको अनुभव थियो। अहिले नेपालमा नै genetic अध्ययन गर्न क्षमताबान विज्ञहरूको उपस्थिति र अध्ययनका लागि उपयुक्त वातारण छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदलेय सको अध्ययन प्रक्रियासमेत अघि बढाएको छ। नेपालमै उच्चस्तरको genetic अध्ययन हुँदा राष्ट्रिय अनुसन्धान प्रणालीलाई थप मजबुत र उपलब्धिमूलक बनाउने सुनौलो अवसर सिर्जना भएको छ। नेपालमा कुन प्रकारको viral strain छ भनेर पत्ता लगाएर patent right कायम गर्न सकेमा भविस्यमा यसविरुद्धको खोप उत्पादन भएमा patent right का आधारमा नेपालले नि:शुल्क या सहुलियतमा खोप प्राप्त गर्न सक्नेछ।
अन्य अनुसन्धानहरू :
अन्य अनुसन्धानहरूमा convalescent plasma therapy बाट कोरोनाविरुद्ध उपचार प्रभावकरिताको अध्ययन, आइसोलेशन र क्वारेन्टाइनमा बसेकाको मनोवैज्ञानिक असरको अध्ययन, Epidemiological Projections(rate of attack and rate of transmission) तथा कोरोना रोकथामका लागि देशभरका अस्पतालहरूको पूर्वतयारीको अवस्था आदि रहेका छन्। यसप्रकारका अध्ययनबाट आउने नतिजाले कोरोनालगायत अन्य महामारीविरुद्ध कसरी पूर्वतयारी गर्ने भनेर सरकारलाई नीतिगत सुझाब प्रदान गर्न सकिनेछ जसले गर्दा Evidence based Practice लाई थप बलियो बनाउन मद्दत पुग्नेछ ।
२०७२ सालको महाभूकम्पको समयमा मेडिकल सहयोगको लागि भनेर विश्वभरिका Foreign Medical Team नेपाल आएका थिए ।धेरैले घाइते तथा बिरामीलाई उपचार सहयोग गरेता पनि केहि मेडिकल टिमले उपचारको नाममा नेपालीहरूमा नयाँ औषधिको परीक्षण (drug trial) गर्न लागेको हर्कत बेलैमा थाहा पाएर सरकारले उनीहरूलाई फिर्ता पठाएको थियो।
सरकारको सुझबुझका कारण विपदको समयमा नेपालीहरू Gini Pig बन्न पाएनन् । संकटले चुनौती र अवसर दुवै लिएर आएको हुन्छ तथापी यसलाई अवसरमा रुपान्तरण गर्न व्यक्ति विशेष भन्दा राष्ट्रिय हितका लागि सोचेर अघि बढ्नुपर्दछ । विश्वव्यापी कोरोना संकटलाई नेपालको स्वास्थ्य अनुसन्धान प्रणालीलाई थप सबल बनाउने तथा नेपाली स्वास्थ्य विज्ञहरूका लागि सुनौलो अवसर सिर्जना गर्ने माध्यमको रुपमा रुपान्तरण गर्नु वर्तमान आवश्यकता हो। देशको स्वास्थ्य अनुसन्धान प्रणाली सबल भएमा यसबाट प्राप्त लाभ दीर्घकालीन रुपमा आम नागरिक र भावी पुस्तालाई हुनेछ।
(नेपाल जनस्वास्थ्य संघका केन्द्रीय सदस्य रहनुभएका लेखक राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको स्वास्थ्य अनुसन्धानमा सक्रिय हुनुहुन्छ)
तपाईँको अभिमत