ज्ञानेन्द्र शाहीलाई ६ महिना कैद हुनसक्ने
संक्रामक रोग ऐन अनुसार मुद्दा चलाइदै
काठमाडौं,१० बैशाख । लकडाउनको उल्लंघन गरेको आरोपमा प्रक्राउ पर्नुभएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने तयारी गरेको छ । आफुलाई भ्रष्टाचार विरोधी अभियान्ता बताउने शाहीले बिना पास लकडाउनमा विभिन्न गतिविधि गरेको आरोपमा प्रहरीले मंगलबार राती १० बजे ललितपुरको सुनाकोटीबाट नियन्त्रणमा लिएको थियो । शाहीलाई पक्राउ गर्नु अघि प्रहरीले साँझ ७ बजे शक्तिराज शाहीलाई पनि प्रक्राउ गरेको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार सरकारको एकद्धार प्रणाली विरुद्ध समन्वय विनानै राहत बाँडिरहेको तथा ललितपुर प्रजिअलाई अश्लिल शव्द प्रयोग गर्दै मेसेज म्यासेज गर्ने गराउने गरेको लगायतका अमर्यादित गतिविधि गरेपछि ज्ञानेन्द्र शाहीलाई प्रक्राउ गरिएको हो । शाहीलाई साइबर क्राइम अन्तर्गत पनि कार्वाही हुनसक्ने यसबारेमा आफूहरुले अनुसन्धान गरीरहेको एसएसपी राईले बताउनुभयो ।
संक्रामक रोग ऐनको अवज्ञा गरेमा एक महिनादेखि ६ महीनासम्म कैदको सजाय हुनेछ । कोरोना भाइरस रोग संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरको छ । के छ त ऐनमा व्यवस्था ?
हेल्थपाटी
तपाईँको अभिमत