पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता, ' भन्नुहुन्छ मैले नयाँ जीवन पाँए '
नेकपा एकीकृत समाजवादीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारपछि झण्डै साढे २ महिनापछि स्वदेश फिर्ता हुनुभएको छ । स्वास्थ्यमा समस्या भएपछि असार २ गते थप उपचारका लागि दिल्ली जानुभएका खनाल मिर्गाैला प्रत्यारोपण गरि आज स्वदेश फर्कनुभएको हो ।
इन्द्रप्रस्थ एपोलो हस्पिटलमा उहाँको उपचार भएको थियो । स्वदेश फर्किएपछि उहाँले विज्ञप्ति निकालेर अहिले आफुले पहिला भन्दा राम्रो र ताजा महसुस गरिरहेको बताउँदै आफुले नयाँ जीवन पाएको अनुभव सुनाउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘किड्नी ट्रान्सप्लान्टको त्यो अप्रेसन सय प्रतिशत सफल भयो र मैले नयाँ जीवन प्राप्त गरे । अहिले म पहिले भन्दा राम्रो र ताजा महसुस गरिरहेको छु । मलाई त्यस्तो संकटको घडीमा आफ्नो एउटा किड्नी दिएर मलाई बचाउने मेरी प्यारी छोरी मेरिना चित्रकार प्रति सदा सदाका लागि आभार व्यक्त गर्न चाहन्छु ।’
उहाँले बाँकी जीवन देश, जनता, मुलुकको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा,राष्ट्रको एकता, सहि वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्ट आन्दोलनको नयाँ स्तरको एकता, दिगो शान्ति र नेपाली मोडेलको समाजवाद प्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत