स्वास्थ्यकर्मीलाई ७ दिनभित्र जोखिम भत्ता र चैतसम्म सबै नेपालीलाई खोप दिने सरकारकाे निर्णय
काठमाडौं । सरकारले कोरोना बिरुद्ध खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता दिने निर्णय गरेको छ ।
नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाकाे अध्यक्षतामा आज बसेको पहिलो मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई दिने भनिएको ५० प्रतिशत जोखिमभत्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरुलाई निर्णयबारे जानकारी गराउँदै कानून मन्त्री ज्ञानेन्द्र कार्कीले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको जोखिम भत्ता ७ दिनभित्र उपलव्ध गराउने बताउनुभयो । साथै उहाँले आजको पहिलो मन्त्रिपरिषद् बैठकले यही वर्षभित्र सबै नेपालीलाई कोरोना विरुद्धको खोप दिने निर्णय गरेको जानकारी दिनुभयो ।
आउँदो असोज महिनाभित्र एक तिहाइ र चैत भित्र खोप सबै जनसंख्यालाई खोप लगाउने निर्णय भएको उहाँले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवासहित अरु ४ जना मन्त्रिलाई शपथ खुवाउनु भएको छ ।
कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्कीलाई संसदीय मामिला तथा कानुन तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्रीमा नियुक्त हुनुभएको छ । नयाँ सरकार गठन भएसँगै कोरोना महामारीमा स्वास्थ्यमन्त्री को बन्ला भन्ने जनचासो बढेको छ । तर स्वास्थ्य मन्त्रीको नाम टुंगो लागेको छैन ।
हेल्थपाटी 

तपाईँको अभिमत