को बन्ला स्वास्थ्यमन्त्री ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवासहित अरु ४ जना मन्त्रिलाई शपथ खुवाउनु भएको छ ।
कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्कीलाई संसदीय मामिला तथा कानुन तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्रीमा नियुक्त हुनुभएको छ । नयाँ सरकार गठन भएसँगै कोरोना महामारीमा स्वास्थ्यमन्त्री को बन्ला भन्ने जनचासो बढेको छ । तर स्वास्थ्य मन्त्रीको नाम टुंगो लागेको छैन ।
स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका युवा नेता गगन थापाको नाम प्रस्ताव गरिएको छ ।
यादवलाई उपप्रधान तथा परराष्ट्रको जिम्मेवारी दिएर थापालाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिने छलफल भएको छ यद्यपी यसबारे भोली मात्रै टुंगो लाग्ने स्रोतको भनाइ छ । ‘यादवलाई परराष्ट्रमन्त्रीमा सहमति जुट्यो भने थापा स्वास्थ्यमन्त्री बन्नेछन्, अहिले स्वास्थ्यमा यी २ जनाको नाम प्रस्ताव गरिएको छ,’ स्रोतले भन्यो ।
यादव र थापा दुवै यसअघि स्वास्थ्यमन्त्री हुनु भइसकेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत