स्वास्थ्यमन्त्रीलाई एक सरकारी डाक्टरको सुझाव : ‘सुधार गर्नुभन्दा अघि भोग्नुस्’
एक सरकारी डाक्टरले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई स्वास्थ्य सेवा सुधारका लागि स्वास्थ्यमा रहेका समस्याबारे पहिला आफैंले अनुभुती गर्नुपर्ने बताउनुभएको छ ।
देशकै जेठो अस्पताल, वीर अस्पतालमा कार्यरत मधुमेह तथा हर्माेनरोग विशेषज्ञ डाक्टर दिपक मल्लले सामाजिक सञ्जाल फेसवुक मार्फत स्वास्थ्य मन्त्री निशा मेहतालाई आफैं सरकारी अस्पतालमा कुनै पनि पहिचान नखुलाई, कसैलाई फोन नगरी, कसैको सहयोग नमागी साधारण सेवाग्राहीझैँ सेवा सुविधा लिएर त्यहाँका समस्याहरुको पहिचान गर्न सुझाव दिनुभएको हो ।
उहाँले लेख्नु भएको छ - ‘एक–दुई दिन सेवाग्राही बनेर आउनुहोस्। अस्पतालमा अरू बिरामीसँगै लाइन बस्नुहोस्, डाक्टर भेट्न पालो कुर्नुहोस्, जाँच गराउनुहोस् र फेरि रिपोर्ट देखाउन आउनुहोस्। त्यहाँको भीड, प्रतीक्षा, असहजता र आशा—यी सबै आफैंले महसुस गर्नुहोस्।’
डाक्टर मल्लले लेख्नुभएको सुझाव उहाँकै शव्दमा :
माननीय स्वास्थ्य मन्त्रीज्यू,
जबसम्म तपाईं आफैं सरकारी अस्पतालमा कुनै पनि पहिचान नखुलाई, कसैलाई फोन नगरी, कसैको सहयोग नमागी साधारण सेवाग्राहीझैँ सेवा सुविधा लिनुहुन्न—तब सम्म स्वास्थ्य क्षेत्रमा वास्तविक सुधार आउँदैन। के को कमी रहेछर? किन भएनर? के राम्रो छर? के अझ राम्रो बनाउन सकिन्छरु यी प्रश्नहरूको वास्तविक उत्तर अनुभवबाट मात्रै भेटिन्छ।
एक–दुई दिन सेवाग्राही बनेर आउनुहोस्। अस्पतालमा अरू बिरामीसँगै लाइन बस्नुहोस्, डाक्टर भेट्न पालो कुर्नुहोस्, जाँच गराउनुहोस् र फेरि रिपोर्ट देखाउन आउनुहोस्। त्यहाँको भीड, प्रतीक्षा, असहजता र आशा—यी सबै आफैंले महसुस गर्नुहोस्। अरू बिरामीसँग कुरा गर्नुहोस् र बुझ्नुहोस्—रुकुम, रोल्पा जस्ता दुर्गम ठाउँबाट किन काठमाडौं आउनुपरेको छरु बिरामीका कुरुवाहरूले कस्ता समस्या भोगिरहेका छन्रु एउटा अपरेशनका लागि कति समय कुर्नुपर्छरु जाँच र रिपोर्टका लागि कति समय लाग्छरु किन बिरामीहरू निराश भइरहेका छन्रु किन नेपालमै उपचार सम्भव हुँदाहुँदै पनि भारत वा सिंगापुर जान बाध्य छन्रु किन सरकारी अस्पताल छोडेर निजीमा जानुपरेको छरु उपचारमा कति खर्च लाग्छर? पैसा नभए उपचार कसरी भइरहेको छ?
यी यथार्थ बुझिसकेपछि मात्र स्पष्ट हुन्छ—कहाँ सुधार गर्नुपर्छ, के थप्नुपर्छ र के परिवर्तन गर्नुपर्छ। नीति र भाषणभन्दा ठूलो कुरा अनुभूति हो। सेवा समयमै, सरल र सम्मानजनक हुनु आवश्यक छ। सहानुभूति, जवाफदेहिता र प्रभावकारी व्यवस्थापन बिना स्वास्थ्य सेवा पूर्ण हुँदैन।
माननीय मन्त्रीज्यू, सुधार साँच्चिकै गर्ने हो भने—पहिले आफैंले भोग्नुपर्छ। त्यसपछि मात्र परिवर्तन १०० प्रतिशत होइन, १००० प्रतिशत सम्भव हुन्छ। एक दिनको अनुभवले वर्षौंको नीति बदल्न सक्छ।
सादर,
एक जिम्मेवार नागरिक
डा. दिपक मल्ल
हेल्थपाटी
तपाईँको अभिमत