नेपाल फिजियोथेरापी संघको ११औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
नेपाल फिजियोथेरापी संघको आयोजनामा भएको ११औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। चितवनको भरतपुरमा आयोजित सम्मेलन नारा ‘सबैका लागि फिजियोथेरापीः समग्र नेपालको स्वास्थ्य प्रणाली प्रवर्द्धनका लागि आयामहरुको खोजी’ राखिएको थियो।
बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री उत्तम जाशीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जोशीले आधुनिक चिकित्सामा फिजियोथेरापीको महत्व धेरै रहेको कुरा आफूले बुझेको बताउनुभयो। बागमती प्रदेशका अस्पतालमा फिजियोथेरापिस्टको दरबन्दी थप गर्ने प्रक्रिया अघि बढिरहेको उहाँले जानकारी दिनुभयो।
प्रा.डा. अर्जुन श्रेष्ठले सम्मेलनका लागि मेडिकल सिटीका रुपमा रहेको भरतपुर रोजेकोमा धन्यवाद व्यक्त गर्नुभयो। २ वटा मेडिकल कलेज, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताल जस्ता संस्था भएको चितवन मेडिकल सिटीका रुपमा परिचित रहेको डा.श्रेष्ठले बताउनुभयो।

यो सम्मेलनले फिजियोथेरापीका लागि ज्ञान प्रदान गर्न र यसको प्रवर्द्धनका लागि लागि राम्रो भूमिका निर्वाह गर्ने भन्दै उहाँले नेपालमा फिजियोथेरापिस्टको भविष्य राम्रो रहेको पनि बताउनुभयो।
कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) का डा.मनोहर प्रधानले काठमाडौँ बाहिर त्यो पनि चितवनलाई रोजेर यो सम्मेलनको गरेकोमा धन्यवाद दिनुभयो।
ह्याण्डिक्याप इन्टरनेशनलकी स्मृति सुवालले नेपाल फिजियोथेरापी संघले वर्कशप, तालिम, सम्मेलन जस्ता गतिविधि गरी फिजियोथेरापीलाई प्रवद्र्धन गर्न लागि परेको बताउनुभयो।

यो सम्मेलन आविष्कार, ऐक्वद्धता र फिजियाथेरापिस्टको विकासकाल लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
नेपाल चिकित्सक संघ चितवनकी उपाध्यक्ष प्रा.डा.भारती शर्माले चिकित्सक र फिजियोथेरापिस्टको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताउनुभयो। नेपालमा यो धारणाको विकास हुन २०–३० वर्ष लागेको पनि उहाँले सुनाउनुभयो।
पहिलो समुदायका व्यक्ति यसबारे अनविज्ञ रहेपनि अहिले जीवनका लागि आवश्यक छ भनेर थाहा पाइसकेको डा.शर्माले बताउनुभयो।
‘जीवनको गुणस्तर राम्रो बनाउन फिजियोथेरापी आश्यवक छ भनेर बुझाउन सफल भएको’ उहाँले भन्नुभयो ‘यो विषयमा अध्ययन गर्ने यति धेरै भाइ–बहिनी देखेर एकदमै खुसी लाग्यो।’
भरतपुर अस्पतालका मेसु डा.श्रीराम तिवारीले सरकारी अस्पतालमा माग अनुसार फिजयोथेरापीको सेवा दिन नसकिएको बताउनुभयो।
नेपालको भौगोलिक अवस्था र कामको अवस्थाले पनि ट्रमाका बिरामी धेरै हुने, जोर्नीको दुखाइ धेरै भएको जानकारी दिनुभयो। फिजियोथेरापी उपचारमा धेरैको उहुँच नपुगेको पनि डा.तिवारीले बताउनुभयो।
संघले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा फिजियोथेरापिस्टको दरबन्दी विस्तार गर्न लागिरहेको भन्दै उहाँले यो सम्मेलनले थप लबिङ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल नर्सिङ संघ चितवनकी विष्णु अधिकारीले आफूले २५ वर्ष अगाडि नर्सिङ पेशा सुरु गर्दाको समयमा भन्दा अहिले बिरामीको प्रकृति फेरिएको बताउनुभयो। पहिला सरुवा रोगका बिरामी धेरै हुने भएपनि अहिले नशा, जोर्नी सम्बन्धि बिरामी, पक्षघात भएका बिरामी बढेकाले फिजियोथेरापीको आवश्यता धेरै बढेर गएको अधिकारीको भनाइ छ।
फिजियोथेरापीको उपचार डाक्टरले औषधि लेखेर वा नर्सले काम गरेर नुहने भन्दै फिजियोथेरापिस्टको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

मेलबर्न कि प्रोफेसर डा. जिलिएन ओएबले नेपालमा फिजियोथेरापी सेवा र शिक्षा अझ प्रभावकारी बनाउदै अगाडि बढाउने विषयमा कि नोट मन्तव्य राख्नुभयो। नेपालमा फिजियोथेरापी सेवा स्तरीय बनाउन फिजियोथेरापीको अध्यापन र नेपाल फिजियोथेरापी संघजस्तो संस्थाको महत्वपूर्ण भूमिका रहने ओएबले बताउनुभयो। ओएबले अस्ट्रेलियामा धेरै फिजियोथेरापिस्टहरू अन्य पेशामा लागेर पलायन हुने समस्या रहेको सुनाउनुभयो।
नेपाल फिजियो थेरापी संघका अध्यक्ष लक्ष्मण अधिकारीले पहिलो पटक काठमाडौं बाहिर गरिएको सम्मेलन सफल भएको बताउनुभयो।
सम्मेलनले ज्ञान, सीप आदान–प्रदान र प्रवद्र्धनमा राम्रे उपलब्धिमूलक हासिल गरेको विश्वास व्यक्त गर्नुभयो।
सम्मेलनमा सहभागी र सम्मेलन सफल बनाउन सहयोग गर्ने सहकर्मी, प्रयोजक संस्था सबैलाई धन्यवाद दिनुभयो।

सम्मेलनमा नेपाल तथा विदेशका विज्ञ, अनुसन्धानकर्ता र विद्यार्थीसहितले खोजमुलक तथा जानकारीमूलक प्रस्तुतीहरु राख्नुभएको थियो।
नेपालमा पुनर्स्थापना क्षेत्रमा सक्षम जनशक्तिको माग, उत्पादन र व्यवस्थापन विषयमा केन्द्रित रही प्यानल डिसकसन भएको थियो।
चितवन मेडिकल कलेल, कलेज अफ मेडिकल साइन्सका विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुतीहरु राख्नुभएको थियो।
सम्मेलनले पोखराका खड्ग गुरुङलाई लाभइटाइम अवार्ड प्रदान गरिएको थियो। गुरुङले फिजियोथेरापीको क्षेत्रमा ३६ वर्षसम्म सेवा गरेको, ज्ञान सीप बाँडेको भन्दै अवार्ड प्रदान गरिएको थियो।


हेल्थपाटी
तपाईँको अभिमत