आधुनिक चिकित्सामा फिजियोथेरापीको ठूलो भूमिका छ : स्वास्थ्य मन्त्री जोशी
बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री उत्तम जोशीले प्रदेश अन्तगर्तका अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप गर्न पहल गर्ने बताउनुभएको छ ।
चितवनमा आयोजित नेपाल फिजियोथेरापी संघको ११औँ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री जोशीले आधुनिक चिकित्सामा फिजियोथोपीको महत्व आफूले महसुस गरेको बताउनुभयो ।
‘अस्पतालमा बिरामीलाई भेट्दा डा.साबहरु यसको महत्व मैले बुझेको छु’ मन्त्री जोशीले भन्नुभयो, ‘यो कार्यक्रमपछि सरकारले यसलाई गम्भीर रुपमा लिनुपर्ने रहेछ भन्नेमा झन् प्रष्ट भएको छु।’
आधुनिक चिकित्सा पद्धतिका रुपमा विकास भएर नसा, मांसपेशी हाडजोर्नी, श्वासप्रश्वास जस्ता समस्याको उपचारमा फिजियोथेरापीले ठूलो भूमिका निर्वाह गरेको भन्दै उहाँले प्रसंशा गर्नुभयो ।
एउटा प्राकृतिक अस्पाल जाँदा बेडबाट हचचल गर्न नसक्ने अवस्थामा देखेको बिरमी १५–२० दिनपछि जाँदा कसैको सहायताबाट हिँडन सक्ने बनाएको देखेको मन्त्री जोशीले जानकारी दिनुभयो।
फिजियोथेरापी सेवा सरकारी अस्पताल, निजी अस्पताल र प्राकृतिक चिकित्सालयमा अतिआश्यक रहेको पनि जोशीले बताउनुभयो ।
सरकारी अस्पतालमा सेवा विस्तार गर्ने र निजी अस्पताललाई स्वीकृति दिँदा नै फिजियोथेरापी सेवा अनिवार्य गरेर मात्रै दिनुपर्ने धारणा उहाँले राख्नुभयो।
अहिले अस्पतालहरुमा फिजियोथेरापिस्ट थोरै भएका कारण बिरामीले पाउनुपर्ने जति सेवा पाउन नसकेको मन्त्री जोशीले बताउनुभयो । ‘त्यहाँ थोरै मात्रै सिकाएर घरमा आएर गर्नुपर्ने घरमा अवस्था छ’ मन्त्री जोशीले भन्नुभयो, ‘२–३ दिन सिकेको भरमा सेवा दिनुपर्ने अवस्था छ।’
बागमती प्रदेशले प्रदेशका अस्पतालमा फिजियोथेरापीको दरबन्दी थप गरिरहेको पनि उहाँले जानकारी दिनुभयो।
प्रदेशका १३ वटै अस्पतालमा दरबन्दीका लागि प्रस्ताव भइसकेको र भक्तपुर, सिन्धुली, नुवाकोटमा स्वीकृति गरेर पठाइसकेको पनि मन्त्री जोशीले जानकारी दिनुभयो ।
प्रदेशका १३ आयुर्वेद अस्पतालमा निःशुल्क फिजियोथेरापी सेवा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
यस कार्यक्रमले उत्साहित भएको भन्दै मन्त्री जोशीले नेपालमै पढ्ने, यहीँ काम गर्ने वातावरण बनाउन आफू लागि परिरहेको दावी गर्नुभयो।
‘यत्रो विद्यार्थी र डा.हरुको भविष्य जोडिएको छ । नेपालमै पढ्ने र काम गर्ने वातावरण बनाउन लागि पर्छाैँ संघीय मन्त्री ज्यूले पनि यसमा पहिल गरिरहनुभएको छ’ मन्त्री जोशीले सुनाउनुभयो ।
फिजियोथेरापी विषय पढ्ने विद्यार्थी नेपालमै पढ्ने वातावरण बनाउन संघीय सरकारका स्वास्थ्य मन्त्री र आफूसमेत लागि परेको मन्त्री जोशीले जानकारी दिनुभयो ।
तीन नै तहका अस्पतालमा फिजियोथेरापीको दरबन्दी र सेवा विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता मन्त्री गर्नुभयो ।
यस अन्तराष्ट्रिय सम्मेलनबाट उठेका कुराले सरकारको नीतिमा थप मद्दत, थप टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
स्वास्थ्य मन्त्रालय सम्हालेको ५ महिनाको अनुभव सुनाउँदै मन्त्री जोशीले स्वास्थ्यको क्षेत्रमा काम गर्न अवसर र चुनौती दुवै रहेको बताउनुभयो।
प्रदेशका अस्पतालमा डाक्टर पठाउन भनेर माग गर्दा कसैले आवेदन नै नदिने समस्या भोगेको उहाँले सुनाउनुभयो।
‘हामी अवसरलाई सदुपयोग गर्दैनौँ’ मन्त्री जोशीले भन्नुभयो, ‘दुर्गम डाक्टर पठाउन खोज्यो भने कसैले आवेदन नै दिँदैन । अनि कसरी पठाउनु । चाहेर मात्रै पनि नसकिँदो रहेछ।’
हेल्थपाटी
तपाईँको अभिमत