एकै व्यक्तिले लगाए २१७ पटक कोरोना खोप, आयो यस्तो रिपोर्ट

सांकेतिक तस्बिर।
जर्मनका एक व्यक्तिले २१७ पटक कोभिड–१९ विरुद्धको खोप लगाएको दावी गरेका छन्। यी व्यक्तिको बारेमा संक्रामक रोग सम्बन्धि जर्नल ल्यान्सेट प्रकाशित भएको छ ।
डेलीमेलले दिइएको खबरअनुसार ६२ वर्षीय ती व्यक्तिले २९ महिनाभित्र जुन २०२१ देखि अक्टुबर २०२३ का बीचमा २१७ डोज खोप लगाएको बताइरहेका छन् । उनले अधिकांश खोप निजी रुपमा खरिद गरेका लगाएका थिए।
एर्लान्जेन–नुरेम्बर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार ती व्यक्तिमा खोपका कारण कुनै स्वास्थ्य समस्या देखिएको छैन ।
विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका डा.किलियन स्कोबरले भने, ‘हामीले अखबारका लेखहरूबाट उनको केसको बारेमा थाहा पायौँ । त्यसपछि सम्पर्क गर्यौं र उनलाई विभिन्न परीक्षणहरू गर्न बोलायौँ । यी अध्ययनमा ती व्यक्ति चासोका साथ संलग्न भएको डा. स्कोबरले बताएका छन् ।
डा. स्कोबरलाई चिन्ता थियो कि यति धेरै खोप लगाउँदा प्रतिरक्षा प्रणाली अत्याधिक सक्रिय भएर प्रतिरक्षा कोषिकाहरु खराब हुने जोखिम थियो । यसो हुँदा शरीरको प्रतिरक्षा क्षमतामा बाधा उत्पन्न हुनसक्थ्यो ।
तर खोजकर्ताहरुले त्यो खालका कुनै लक्षण पाएनन् र साथै ती व्यक्तिलाई कोभिड–१९ संक्रमण भएको संकेत पनि देखिएन ।
डा. स्कोबरका अनुसार अध्ययनकै बीचमा पनि ती व्यक्तिकै आग्रहमा थप खोप लगाएर पनि रगतको नमुना लिएर परीक्षण गरिएको थियो ।
यो नमुनाबाट खोपप्रति प्रतिरक्षा प्रणालीले कस्तो प्रतिक्रिया देखाउँछ भनेर निर्धारण गर्न सफल भएको डा. स्कोबरको भनाइ छ ।
व्यक्तिहरुलाई यति धेरै खोप दिनु आवश्यक छैन भन्ने निष्कर्ष निकाल्न यो परीक्षणको परिणाम अपर्याप्त नभएको डा.स्कोबरले बताएका छन् ।
अनुसन्धानकर्ताहरुको जोड यसमा छ कि–अहिले व्यक्तिहरुलाई यति धेरै खोप लगाउन सिफारिस छैन । शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने नाममा अत्याधिक मात्रामा खोप लगाउन कार्यलाई समर्थन गर्न सकिँदैन ।
यति धेरै खोप लगाएको बारेमा ती व्यक्तिलाई जर्मन प्रशासनले कुनै अभियोग लगाएको–नलगाएको बारेमा जर्नलमा उल्लेख गरिएको छैन।
हेल्थपाटी
तपाईँको अभिमत