चीनले नेपाललाई थप १६ लाख डोज भेरोसेल अनुदानमा दिने

तस्विर : नेपालस्थित चिनियाँ राजदूताबास
काठमाडौं । चीनले कोरोना विरुद्धको थप १६ लाख मात्रा भेरोसेल खोप दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले कोरोना महामारीमा सहयोग स्वरुप नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानमा दिन लागेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
उहाँले प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामना दिदै बधाई दिनुभयो । राजदूत यान्छीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझै सुमधर बनाउँदै लैजाने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले महामारीमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिदैं यो खोपले नेपालमा संक्रमण नियन्त्रणका लागि ठुलो सहयोग पुग्ने बताउनुभयो । यसअघि पनि चीनले १८ लाख डोज खोप सहयोग गरिसकेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत