स्वास्थ्य सेवा दिवसमा पुरस्कृत गर्न उत्कृष्ट कर्मचारीको नाम माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्न नामावली सिफारिस गर्न सूचना जारी गरेको छ ।
हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइने गरिन्छ । दिवसका अवसरमा मन्त्रालयले उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार र स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्ने छ ।
कार्यसम्पादन मूल्याङ्कन, कार्यदक्षता र दुर्गम क्षेत्रमा पुऱ्याएको सेवासहित उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूला उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार र स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्ने कार्यक्रमसमेत रहेकोले प्रदेश र स्थानीय तहका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरू मध्येबाट बढीमा दुईजना ९एक जना महिला र एक जना पुरुष ० कर्मचारीहरूको नामावली सिफारिस गर्न सूचनामा भनिएको छ ।
२०८० फागुन ११ गते शुक्रबार २ बजे भित्र स्वास्थ्य मन्त्रालयको इमेलमा पठाउन मन्त्रालयले प्रदेशस्थित स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरेको छ ।

तपाईँको अभिमत