अझैपनि ५० वटा जिल्लामा व्यापक संक्रमण
उपत्यकामा केही कम
काठमाडौं । गत हप्ताको तुलनामा यो हप्ता कोरोना भाइरस संक्रमणदर घटेको छ । तर अझैपनि ५० वटा जिल्लामा व्यापक संक्रमण दर रहेको महामारी रोग विशेषज्ञ डा.अर्चना श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ती जिल्लाहरुमा संक्रमणदर प्रतिलाख जनसंख्यामा २७.८ प्रतिशत रहेको छ । प्रतिलाख जनसंख्यामा संक्रमणदर १० प्रतिशतभन्दा बढी भएमा संक्रमणको अवस्थालाई व्यापक मानिन्छ ।
उहाँले बागमती, गण्डकी, लुम्बिनीका जिल्लाहरुमा संक्रमितको संख्यामा केही कमी आएपनि अन्य प्रदेशहरुमा भने संक्रमण बढेको बताउनुभयो । प्रदेश २ मा यो हप्ता १०५.५ प्रतिशतले संक्रमण वृद्दि भएको भन्दै देशभर संक्रमण नियन्त्रणमा नागरिक समाज, प्रत्येक नागरिक तथा नेता सबैको भूमिका उत्तिकै रहेकोमा जोड दिनुभयो ।
डा.श्रेष्ठका अनुसार पहिलो लहरको तुलनामा अहिले संक्रमण ३ गुणाले बढेको छ । पहिला संक्रमण उच्कर्षमा पुग्दा प्रतिलाख जनसंख्यामा संक्रमणदर १३१.७ प्रतिशत रहेकोमा अहिले ३०७ प्रतिशत पुगेको छ । यो वर्षपनि संक्रमण उच्च बिन्दुमा पुगिसकेको उहाँले बताउनुभयो । गतहप्ताको तुलनामा यो हप्ता ५.७ प्रतिशतले संक्रमणदर घटेको छ । उपत्यकामा संक्रमितको संख्या केही कमी देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत