मुटुमा गोली लागेका युवकको त्रिवि शिक्षण अस्पतालमा सफल शल्यक्रिया
अ +
अ -
भदौ २४ गतेको आन्दोलनका क्रममा मुटुमा गोली लागेर घाइते भएका पर्वत घर भएका एक युवकको त्रिवि शिक्षण अस्पतालमा सफल शल्यक्रिया गरिएको छ।
उक्त शल्यक्रिया अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सम्पन्न गरिएको हो। शल्यक्रियापछि उनी डिस्चार्ज भएका छन् ।
कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागका प्रमुख डा. अनिल भट्टराईका अनुसार सेन्टरमा अहिलेसम्म १५ भन्दा बढी जटिल अपरेशन भए पनि सो युवकको अपरेशन विशेष चुनौतीपूर्ण रहेको थियो।
हेल्थपाटी
तपाईँको अभिमत