मस्तिष्क मृत्यु भएको व्यक्तिको मिर्गौला र कलेजो एकैपटक प्रत्यारोपण गरिएका महर्जन १९औँ दिनमा डिस्चार्ज
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजो एकैपटक प्रत्यारोपण गराउनुभएका ५० वर्षीय शिव महर्जन डिस्चार्ज हुनुभएको छ । उहाँ प्रत्यारोपण गरिएको १९औँ दिनमा डिस्चार्ज हुनुभएको हो ।
स्वास्थयलाभ भएपछि सोमबार (१९ गते जेठ) एक कार्यक्रम गरी महर्जनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । उहाँमा १८ वर्षीय मष्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो परिवारको सहमतिमा प्रत्यारोपण गरिएको थियो । उहाँमा नेपालमै नेपाली चिकित्सकले पहिलोपटक मस्तिष्क मृतक व्यक्तिको दुई वटा अङ्ग एकैपटक प्रत्यारोपण सफलतापूर्वक गरिएको थियो ।
मस्तिष्क मृत्युबाट मिर्गौला प्रत्यारोपण गर्ने फूलमाया नेपाली गत जेठ १४ गते नै डिस्चार्ज भइसक्नुभएको छ । उहाँमा पनि सोही १८ वर्षीय मस्तिष्क मृत व्यक्तिबाट मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
हेल्थपाटी 
तपाईँको अभिमत