धादिङ जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको कोरोनाबाट निधन
अ +
अ -
काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ ।
५५ वर्षका पौडेलको आज विहान ललितपुरस्थित स्टार अस्पतालमा निधन भएको हो ।
उहाँलाई कोरोना संक्रमण भई ३ हप्ता भन्दाबढी समय आइसियुमा उपचार गरिएको थियो । ६ दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेकोमा आज बिहान ७ बजेतिर निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीले जानकारी दिनुभयो ।
झापा निवासी पौडेल २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत हुनुहुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत