नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप दिइदै, कहाँ लगाउन पाइन्छ ?

अ +
अ -
नियमित रूपमा लगाउनुपर्ने खोप छुटेका बालबालिकालाई वैशाख ३१ गते दिइने भएको छ । १५ महिनासम्म दिइने खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई दिन लागिएको हो ।
खोप लगाउन छुटेका सबै बालबालिकालाई देशैभरका सबै स्वास्थ्य संस्थाबाट दिइने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले जनाएको छ ।
‘बालबालिकालाई नियमित खोप सेवाका रूपमा दिनुपर्ने ९ प्रकारका खोपहरू मध्ये कुनै खोप छुटेको भएमा सकेसम्म छिटो ५ वर्षको उमेरभित्र छुट खोप लगाउन हुन अनुरोध गर्दछौ’, महाशाखाले सूचनामा भनेको छ ।
जन्मेको १५ महिनासम्ममा बालबालिकालाई पोलियो, बिसिजी, दादुरा–रुबेलालगायतका खोप दिइन्छ ।
तपाईँको अभिमत