चितवनमा हायस र बस ठोक्किँदा ४ जनाको मृत्यु, ४ जना घाइते
आज बिहान चितवनमा बस र माइक्रो बस आसपमा ठोक्किएर दुर्घटना भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान तीन बजेतिर बस र इलेक्ट्रिक हायस ठोक्किँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रहरीका अनुसार बा प्र ०६–००१ज ०२९८ नम्बरको हायस मुग्लिनबाट नारायणगढतर्फ जाँदै थियो भने बा प्र ३–००१ ख २८१२ नम्बरको बस नारायणगढबाट मुग्लिनतर्फ आउँदै थियो ।
दुर्घटनामा परी माइक्रो बसमा सवार ४ जनाको मृत्यु भएको छ । अन्य ४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गोर्खा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, परिचय नखुलेकी अन्दाजी ४० वर्षीया एक महिला, अन्दाजी ३५ वर्षका दुई पुरुष रहेका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र घाइतेहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत