जोर्डन कोरोना महामारीको तेस्रो लहरमा प्रवेश
पश्चिम एसियाली देश जोर्डनमा कोभिड–१९ महामारीको तेस्रो लहर सुरु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले देशमा महामारीको तेस्रो लहर सुरु भएको घोषणा गरेको सिन्ह्वाले जनाएको छ ।
त्यहाँ एक सातामा २० हजार भन्दा बढी नयाँ संक्रमत थपिएका छन् । आइतबार त्यहाँ ३५७९ जनामा संक्रमण पुष्टि भएको जोर्डनको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सिन्ह्वाले जानकारी दिएको छ । संक्रमणदर ८ प्रतिशत भन्दा माथि पुगेको छ ।
जोर्डनको स्वास्थ्य मन्त्रालयका महासचिव अदेल बालबिसीले राज्य सञ्चालित समाचार एजेनसी पेत्रासँग गरेको कुराकानीमा महामारीको तेस्रो लहर सुरु भएको बताएका छन् । उनले अहिलेसम्म स्थित नियन्त्रणमै रहेको जानकारी दिएका छन् । अस्पतालका आइसीयू, भेन्टिलेटरका ३० प्रतिशत भन्दा बढी बेड कोभिड–१९ का बिरामीले भरिएको पनि बालबिसीले जानकारी दिएका छन् ।
देशका कोभिड–१९ विरुद्धका खोप पर्याप्त रहेकाले नलगाएकाले तत्काल खोप लगाउन स्वास्थ्य मन्त्रालयका महासचिव बालबिसीले नागरिकलाई आग्रह गरेका छन् ।
जोर्डनमा हालसम्म करिब ९ लाख १५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार बढीले ज्यान गुमाएका छन् ।
तपाईँको अभिमत