अहिलेसम्मकै धेरै संक्रमित, एकैदिन थपिए ३४३९ जना
काठमाडौं । २४ घण्टामा देशभर थप ३ हजार ४३९ लाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले १४ हजार २०९ जनाकाे पीसीआर परीक्षण गर्दा ३ हजार ४३९ लाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । एकैदिन धेरै संख्यामा संक्रमित थपिएकाे याे पहिलाे पटक हाे ।
याे सँगै नेपालमा काेराेना संक्रमितको संख्या ९४ हजार २५३ पुगेकाे छ । जसमध्ये ६८ हजार ६६८ जना निको भएका छन् । २४ घण्टामा १ हजार १२६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यस्तै थप १५ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १० हजार ५९६ र होम आइसोलेसनमा १४ हजार ४११ जना बसिरहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत