नेपाल चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै
नेपाल चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचनपछि मात्र हुने भएको छ। निर्वाचन आयोगले माघ ४ गते राती १२ बजेदेखि निर्वाचन आचार संहिता लागू भएको भन्दै संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि गर्न नमिल्ने जनाएको हो।
आयोगको माघ ४ गतेको निर्णानुसार सोही दिनको राती १२ बजेदेखि निर्वाचन आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि निर्वाचन आचार संहिता, २०८२ लागू भइसकेको हुँदा आचार संहिता लागू रहने अवधिभर निर्वाचन कार्यक्रम गर्न नमिल्ने भएकाले सोही बमोजिम कार्यक्रम स्थगित गर्नुहुन निर्णयानुसार अनुरोध छ। निर्वाचन आयोगले संघलाई लेखेको पत्रमा भनिएको छ ।
यसअघि संघले प्रतिनिधि सभाको निर्वाचन अघि आफ्नो निर्वाचन गर्न मिल्ने नमिल्ने विषयमा आयोगसँग राय मागेको थियो। संघको पत्र माघ ६ गते मात्र प्राप्त भएको आयोगले जनाएको छ। संघको पहिलो चरणमा माघ २ र ३ गते उपत्यउका बाहिर र उपत्यका भित्र माघ १५, १६ र १७ गते निर्वाचन हुने तालिका थियो ।
हेल्थपाटी
तपाईँको अभिमत