फाइजर र एष्ट्रेजेनेकाको कोरोना खोप डेल्टा भेरियन्टमा प्रभावकारी
अध्ययन फाइजर र एष्ट्रेजेनेकाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप निकै संक्रामक मानिएको डेल्टा भेरियन्टमा प्रभावकारी देखिएको छ । हालसालै गरिएको एक अध्ययनअनुसार फाइजर र एष्ट्रेजेनेकाको दुई मात्रा खोप लगाउँदा पहिलेको अल्फा भेरियन्ट लगभग नै प्रभावकारी रहेको देखिएको हो ।
बेलायतको मेडिसिन जर्नलमा बुधबार प्रकाशित अध्ययनअनुसार फाइजरको दुई मात्रा खोप लगाएकामा ८८ प्रतिशत डेल्टा भेरियन्टको कोरोनालाई रोक्ने देखिएको हो ।
त्यस्तै एष्ट्रेजेनेकाको खोप ६७ प्रतिशत प्रभावकारी रहेको अध्ययनले देखाएको छ । यसअघि अल्फा भेरियन्टमा फाइजरको खोप ९३.७ प्रतिशत प्रभावकारी देखिएको थियो भने एष्ट्रेजेनेकाको करिब ७५ प्रतिशत प्रभावकारी देखिएको थियो । अध्ययनअनुसार एक डोज मात्र लगाउँदा फाइजरको ३६ र एष्ट्रेजेनेकाको ३० प्रतिशत सुरक्षा दिने देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत