जोर बिजोरका आधारमा सार्वजनिक सवारी साधन चलाउने निर्णय(आदेशसहित)
काठमाडौं । काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएको छ ।
सोमबार काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले ७ दिन निषेधाज्ञा थप्दै जोर बिजोरका आधारमा
सार्वजनिक सवारी चल्न दिने निर्णय गरेको हो । यो नियम २५ सिटभन्दा बढीका सवारी साधनमा लागू हुने छ । सीट क्षमताभन्दा बढी संख्यामा यात्रु राख्न पाइने छैन भने यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नपर्ने र सहचालकले पञ्जा लगाउनुपर्ने छ । अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्नेछ । सवारी साधन विहान ६ देखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।
उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक असार ७ गते एक साताका लागि थप्ने निर्णय भएको थियो । पछिल्लो पटक निषेधाज्ञा खुकुलो बनाउदै निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर–विजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो ।
संक्रमण कायमै रहेकाले सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायत तत्काल खोल्ने छैनन् । खुलास्थानमा धेरै मानिस भेला हुन पाइने छैन भने सार्वजनिक स्थान र बाटोमा तरकारी तथा फलफूल बिक्री गर्न पाइने छैन । शैक्षिक संस्था बन्दनै रहने छ । कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै वैशाख १६ गते उपत्यकालगायत देशभरका ७५ वटा जिल्लामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण कम भएका जिल्लाहरुमा निषेधाज्ञा खुकुलो बनाइएको छ ।
1_merged
हेल्थपाटी
तपाईँको अभिमत