आइसियुमा ३६५ जना र ७६ संक्रमित भेन्टिलेटरमा उपचाररत
काठमााडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिवार अद्यावद्यिक गरेको आँकडा अनुसार संक्रमितमध्ये १ लाख ५५ हजार ११४ जना निको भएका छन् भने १०८७ जनाको मृत्यु भएको छ ।
यस्तै संक्रमितमध्ये २८ हजार ९२० जना घरमा नै आइसोलेसनमा बसिरहेका छन् भने ५ हजार ५१५ जना विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत छन् । अस्पताल रहेकामध्ये ३६५ जना आइसियु र ७६ जना भेन्टिलेटरमा रहेका छन् ।
सबैभन्दा धेरै बागमती प्रदेशमा १६३ जना आइसियुमा छन्,त्यसपछि गण्डकी प्रदेशमा ८०, लुम्बिनी प्रदेशमा ५८,प्रदेश १ मा ४४, प्रदेश २ मा ८, सुदुरपश्चिममा ७ र कर्णाली प्रदेशमा ५ जना छन् ।
यसैगरी भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बागमती प्रदेशमा नै धेरै छ । बागमती प्रदेशमा ३५, गण्डकी प्रदेशमा १७, प्रदेश १मा १५, लुम्बिनी प्रदेशमा ६,प्रदेश २ मा २ सुदुरपश्चिममा १ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
तपाईँको अभिमत