नेपाल औषधि उत्पादक संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन
नेपाल औषधि उत्पादक संघ (एप्पोन) मा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। संघमा अध्यक्ष र सदस्यहरुमा उम्मेदवार परे पनि निर्वाचन अघि सबै पदमा सर्वसम्मत सहमति बनेपछि कार्यसमिति निर्विरोध रुपमा चयन गरिएको बताइएको छ।
संघको अध्यक्षमा विप्लव अधिकारी चयन भएको बताइएको छ भने सदस्यहरुमा प्रभात रुङ्गटा, पृथ्वी राज भण्डारी (निजु), सन्तोष बराल, गिरिराज पाठक (गणेश), सुमित चन्द्र श्रेष्ठ, शैलेस वैध, पंकज तिवारी, ईश्वर भण्डारी, शरदचन्द्र ओझा, सजल राज रेग्मी र प्रवन दाहाल सर्वसम्मत रुपमा चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संघको वरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्गटा, उपाध्यक्षमा पृथ्वी राज भण्डारी (निजु), महासचिवमा सन्तोष बराल, सचिवमा गिरिराज पाठक (गणेश) र कोषाध्यक्षमा सुमित चन्द्र श्रेष्ठलाई चयन हुनुभएको छ ।
कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।
हेल्थपाटी 
तपाईँको अभिमत