बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारीको तह वृद्धिका लागि निवेदन माग
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आफू मातहत रहेका कर्मचारीहरुको तह वृद्धिका लागि निवेदन माग गरेको छ ।
मन्त्रालयले प्रदेश निजामती अध्यादेश २०७८ मा भएको ब्यवस्था बमोजिम तह बृद्धिको लागि आवश्यक योग्यता र सेवा अबधी पुगेका कर्मचारीलाई स्तरवृद्धिको लागि ५ दिन भित्र निवेदन माग गरेको हो ।
कर्मचारीको वृद्धि सम्बन्धमा हिजो सचिव स्तरीय निर्णय भएको थियो ।
निवेदनसाथ पेश गर्न चाहिने आवश्यक कागजातहरू :
१.तह वृद्धि हुने पद भन्दा एक तह मुनीको पदमा पाँच वर्ष सेवा अवधी पुगेको खुल्ने कागजात,
२.तह वृद्धिको लागि अध्यादेशमा तोकिए बमोजिमको शैक्षिक योग्यता हासिल गरेको प्रमाणपत्रको प्रतिलिपी,
३. पछिल्लो पाँच वर्षको कार्य सम्पादन मुल्यांकनमा औसत पन्चानब्बे प्रतिशत अंक प्राप्त गरेको हुनुपर्नेछ ।
हेल्थपाटी
तपाईँको अभिमत