२४ घण्टामा २८४६ जना कोरोनामुक्त, १३ संक्रमितको मृत्यु

फाइल तस्विर
अ +
अ -
काठमाडौं । २४ घण्टामा २ हजार ८४६ जना कोरोनामुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप २ हजार २२५ जनालाई कोरोना भाइरस संक्रमण भएको छ ।
२४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण भयो । नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ ।
काठमाडौं उपत्यकामा मात्रै १ हजार ११० जनालाई कोरोना पोजेटिभ देखिएको छ । यसैबीच १३ संक्रमितको मृत्यु भएको छ । हालसम्म ८४२ कोरोना संक्रमितको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत