भाइपूजाका नाममा उनीहरुलाई बिरामी नपारौँ
तिहार पर्व दाजुभाइ र दिदीबहिनीमा खुसी साट्ने पर्व हो । दिदीबहीनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने पर्व हो। यस पर्वमा दाजुभाइलाई विभिन्न किसिमका भाइमसला.मिठाई परिकार खुवाउने गरिन्छ । यस पर्वको महत्व नै भाइपूजा हो । टीका लगाउने, पूजा गर्ने एकदमै राम्रो चलन हो । यो चलनलाई जोगाउनुपर्छ । तर यो पर्व मनाउँदै गर्दा अहिले आएका विकृतिलाई भने कम गर्नुपर्छ । भाइमसलासँग दिइने मिठाईहरु अस्वस्थ्कर हुन सक्छन् । मिठाईहरु कस्तो तरिकाले बनाइएको हुन्छ थाहा हुँदैन । कस्तो तेल प्रयोग गरिएको हुन्छ थाहा हुँदैन ।
बारम्बार एउटै तेलको प्रयोग गर्दा त्यसमा नराम्रो खालको चिल्लो उत्पन्न हुन्छ, जसले शरीरलाई हानि पुर्याउँछ । त्यसले मुटुमा एकदमै धेरै समस्या उत्पन्न गर्छ ।
मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिहरुमा झन् समस्या थपिन सक्छ । त्यसकारण यस किसिमका मिठाईजन्य पदार्थले दाजुभाइको स्वास्थ्यमा नै असर पर्नेगर्छ । सबैलाई स्वास्थ्यकर हुने घरमा बनाइएका खानेकुराको बढी प्रयोग गरौँ । दाजुभाइलाई माया गर्ने हो भने घरमा नै बनाइएका खानेकुरा बढी प्रयोग गरौँ ।
साधारण मिठाईहरु त घरमा नै पनि बनाउन सकिन्छ ।
तिहारको ड्राइफुड्सका विभिन्न प्रकार जस्तैः काजु किसमिस, बदाम, ओखरको प्रयोग गर्न सकिन्छ । यिनीहरु स्वास्थ्यवर्द्धक खानेकुरा हुन् । तर, यी खानेकुराको प्रयोग एकैपटक धेरै गर्नु भने हुँदैन ।
अलिअलि थोरैथोरै हरेक दिन खाने गरेमा धेरै राम्रो हुन्छ । यिनीहरुमा शरीरलाई चाहिने पौष्टिक तत्व प्रशस्त मात्रामा पाइन्छ । यस्तो खानेकुरा हामीले हलुवा, खीरमा मिसाएर पनि खान सक्छौँ ।
घरको खानेकुरा सबैभन्दा लाभदायी
यो बेलामा दाजुभाइलाई बाहिरबाट ल्याइएका खानेकुरा दिनुभन्दा घरमा नै बनाइएका विभिन्न प्रकारका खानेकुरा लाभदायी हुन्छ ।
बाहिरबाट ल्याइएका प्याकेटका खानेकुराले दाजुभाइलाई माया दर्साएको हुँदैन । यसले दाजुभाइको स्वास्थ्यलाई झन् नकारात्मक असर पार्छ ।
यस्ता खानेकुरा ल्याएर दाजुभाइलाई माया गरेको नसम् । हामीले तिहार पर्व दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको लागि मनाउँछौँ । त्यसैले उनीहरुको स्वास्थ्यको ख्याल राख्नु हरेक दिदीबहिनीको कर्तव्य हो ।
बट्टाका जुसहरुमा एकदमै धेरै चिनीको मात्रा हुन्छ । अहिलेको समयमा चिनीको प्रयोगले मानिसहरुलाई विभिन्न किसिमका समस्या आइपरेका छन् । त्यसमाथि मधुमेहका बिरामीलाई त झनै समस्या हुन्छ ।
त्यसैकारणले बारीमा पाइने अम्बा, सुन्तला, अमला, हलुवाबेदजस्ता खानेकुराले दाजुभाइको तिहार विशेष बनाऔँ । खानेकुरा घरमा बनाउँदा पनि चिल्लो, पिरो कम गरी बनाउनु पर्छ । दाल, भात, तरकारी, माछामासु बनाउँदा नुन, चिल्लोको कम प्रयोग गर्ने गर्नुपर्छ ।
सरल र सहज रुपमा पाइने खानेकुराको प्रयोग गरेर पनि तिहार विशेष बनाउन सक्छौँ ।
खानाको सदुपयोग, स्वास्थ्यको ख्याल १
चाडपर्व भन्दैमा खानेकुरा अव्यवस्थित रुपमा खानुहुँदैन । खानेकुराको व्यवस्थापन र उचित आहार स्वस्थ जीवनशैलीको प्रतीक हो । हरेक खानेकुरा समयमा खानाले स्वास्थ्य भई चाड मनाउन सकिन्छ । रमाइलो गर्ने हो, तर स्वास्थ्यको ख्याल गर्दै गरेका हरेक कुरा हाम्रा लागि लाभदायक हुने गदर्छन् ।
चाडपर्वमा आफन्तजन सँगको भेटघाट लगायत विभिन्न कारण हाम्रो खाने समयको रुटिन बिग्रिन्छ । केही दिन रुटिन बिग्रिँदा स्वस्थ युवाको स्वास्थ्यमा केही असर पर्दैन । तर रोगी, वृद्ध र बालबालिकाको स्वास्थ्यमा यसले प्रतिकूल असर पार्न सक्ने हुँदा यसमा सचेत हुनुपर्छ ।
यस्तै चाडबाडमा हामी मिठाइ कोसेली लिनेरदिने गर्छौं । सकभर मिठाइ खानु हुँदैन । बिरामीलाई त यसले असर गर्छ नै, स्वस्थ व्यक्तिलाई पनि यसले अस्वस्थताको बाटोमा लैजान्छ ।
हामी घरमै चिनी कम हालेर मिठाई बनाएर खान सक्छौं । बाहिरको सकभर खानु हुँदैन । अलिकति चिल्लो पदार्थ त हाम्रो शरीरलाई चाहिन्छ नै । तर बढी चिल्लो खानुहुँदैन । सेल, पुरी कम खानुपर्छ ।
पछिल्लो समय दशैंर तिहारमा घुम्न जाने चलन बढेको छ । यो आफैमा राम्रो हो । यसले गर्दा हामी विभिन्न स्थानीय ठाउँमा घुम्न गएर स्थानीय खाना खान्छौं । शारीरिक र मानसिक स्वास्थ्यका लागि यो सकारात्मक पक्ष हो ।
विवेकपूर्ण तरीकाले दशैंरतिहार मनाउन सकिन्छ, जसले गर्दा दशैंरतिहारमा रमाएर पछि शारीरिक कठिनाइहरूको सामना गर्नुपर्दैन र चाडपर्वपछि पनि स्वस्थ भई रमाउन सकिन्छ ।
डा. अरुणा उप्रेती
तपाईँको अभिमत