भारतमा १० करोड डोज रुसी कोभिड खोप उत्पादन गरिने
काठमाडौं । रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप 'स्पुतनिक भी' भारतमा पनि उत्पादन हुने भएको छ । रुसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) भारतीय औषधि कम्पनी हेटेरो कम्पनीले १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने घोषणा गरेको हो ।
भारतमा सन् २०२१ को सुरुवातदेखि नै यो खोप उत्पादनको थालनी गर्ने आरडिआइएफद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसै साता सार्वजनिक भएको क्लिनिकल ट्रायलको प्रारम्भिक नतिजामा स्पुतनिक खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएको दावी गरिएको थियो । रुसले खोपको प्रति डोज १० डलर पर्ने जानकारी दिएको छ ।
रुसकाे स्पुतनिक भी विश्वमा नै पहिलो दर्ता भएको कोभिड खोप हो । यस्तै भारतसहित ब्राजिल, चीन र दक्षिण कोरियामा पनि स्पुतानिक खोप उत्पादन गर्ने रुसले जनाएको छ ।
अल्जजिरा
हेल्थपाटी 
तपाईँको अभिमत