आज स्वास्थ्यमन्त्रीको टुंगो लाग्दै
सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । अहिले केहीबेरमा बस्ने गठबन्धन बैठकले मन्त्रिमण्डल विस्तारको टुंगो लगाउने वालुवाटार स्रोतले जनाएको छ । कोरोना संक्रमण बढ्दै गएकाले आजै स्वास्थ्यमन्त्रीको टुगो लगाउने स्रोतको भनाइ छ ।
नेपाली कांग्रेसको तर्फबाट स्वास्थ्यमन्त्री बनाइने बताइएको छ । स्वास्थ्यमन्त्रीको पूर्व स्वास्थ्यमन्त्रीहरु गगन थापा र उमाकान्त चौधरीको चर्चा रहेको छ ।
कोरोना महामारीको तेस्रो लहर आउने चर्चा सुरु भइसकेको छ । त्यसका लागि तयारी र त्यो सँग लड्नुपर्ने चुनौती नयाँ स्वास्थ्य मन्त्रीलाई हुनेछ । सबै नेपालीलाई सर्वसुलभ रुपमा कोरोना खोप उपलब्ध गराउनु अबको स्वास्थ्य मन्त्रीको अर्को ठूलो चुनौती हो ।
नेपालमा कोरोना महामारी भित्रिएपछि स्वास्थ्यमन्त्री मात्रै ४ पटक परिवर्तन भए।
हेल्थपाटी
तपाईँको अभिमत