‘मोन्था’ चक्रवातको प्रभाव शुक्रबार साँझसम्म हुने
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको असर नेपालमा शुक्रबार (आज) साँझसम्म रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्य प्रदेश आसपास न्यूनचापीय क्षेत्रका रूपमा ‘मोन्था’को असर रहेकाले नेपालमा पनि त्यसको असर परेको हो ।
साँझपछि नेपालमा क्रमिक रूपमा मौसम सफा हुँदै जाने महाशाखाको भनाइ छ ।
हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले वर्षा भइरहेको हो ।
हाल राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा लगातार वर्षा भइरहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ । साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले ती क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन, सडक तथा हवाई यातायातका क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत