नेपालमा जटिल बन्दै कोरोना, वीरगन्जको अवस्थाले डाक्टर चिन्तित
वीरगन्ज । नेपालमा कोरोनाको दोस्रो लहर देखिएपछि देशका विभिन्न शहरको अवस्था जटिल बन्दै गएको छ । नेपालगन्ज, काठमाडौंलगायतका शहरमा कोभिड–१९ संक्रमित बिरामीको अवस्था निकै जटिल भइरहेको त्यहाँका अस्पतालमा संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सकहरुले भनाइ छ।
वीरगन्जमा पनि कोभिड–१९ संक्रमणको अवस्था निकै जटिल रहेको त्यहाँका अस्पतालमा कार्यरत चिकित्सकहरुले बताउनुभएको छ । वीरगन्जको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले वीरगन्जमा संक्रमित बिरामी ह्वात्तै बढेको र अस्पतालमा उपचार नपाउने अवस्था देखिएको जानकारी दिनुभयो।
अवस्था निकै जटिल हुँदा पनि त्यसप्रति सरोकावाला निकाय गम्भीर नभएको भन्दै डा. सिंहले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार वीरगन्जको नारायणी अस्पताल र अन्य निजी अस्पतालहरुमा अहिले संक्रमण देखिएका र शंकास्पद लक्षण देखिएका बिरामीले भरिभराउ छ। सधन उपचार कक्षहरूसबै भरिएका छन्।
डा. सिंहका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएपछि नारायणी अस्पतालमा ५७ जना संक्रमित बिरामी भर्ना भएकोमा ८ जनाको मृत्यु भइसकेको छ। यसबीचमा वीरगन्जका अन्य अस्पतालमा थप ३ जना संक्रमितले ज्यान गुमाएका छन् ।
विगत दुई साताका निमोनिया देखिएका तर कोभिड परीक्षण नै नगराइए वीरगन्जका विभिन्न निजी अस्पतालहरुमा २ दर्जन भन्दा धेरै बिरामीको मृत्यु भएको छ। ती मध्ये थुप्रै बिरामीहरूअस्पताल भर्ना भएको २४ घण्टा पनि नपुगी उनीहरुको मृत्यु भएको डा. सिंहले जानकारी दिनुभयो।
हिजो मात्रै आफ्नो क्लिनिकमा आएका ४० बिरामीको परीक्षण गर्दा ३५ मा कोभिडको लक्षण देखिएको उहाँले हेल्थपाटीलाई बताउनुभयो।संविधानले व्यवस्था गरेअनुसार सामान्य उपचार पनि नपाएर सिर्वासाधारणको मृत्यु हुने अवस्था निकै दयनीय भएको उहाँको भनाइ छ।
नेपालको संविधानको धारा ३५ को उपधारा (ख) मा आकस्मिक सेवा निसुल्क पाउने बारे स्पष्ट उल्लेख् गरिएको छ । तर अहिलेको माहामारी मा कति जना ले निसुल्श सेवा पाएका छन्' डा.सिंह प्रश्न गर्नुहुन्छ । हुने खानेहरुले एम्बुलेन्स, हलिकप्टरको व्यवस्था गरी महंगा अस्तपालमा गएर उपचार गराइरहेको तर मध्यम तथा निम्न वर्गका आम नागरिकहरूउपचारका लागि हारगुहार गरिरहेको उहाँको भनाइ छ।
थप संक्रमितको उपचारका लागि अस्पतालका शैय्या र जनशक्तिको व्यवस्था गर्न ढिलो भइसकेको डा. सिंह बताउनुहुन्छ । ‘मृत्युदर घटाउन पनि प्रभावकारी कदम चल्नुपर्ने जरुरी छ। अनुभवी तथा विज्ञहरुको सहयोग लिनु आवशयक देखिन्छ’ उहाँ भन्नुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत