काठमाडौं महानगरमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्सको व्यवस्था गरिँदै
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।
पछिल्लो समय काररोनाका बिरामीको संख्या बढ्दै गएकाले न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको विशेष कार्यपालिका बैठकमा यस्तो निर्णय भएको हो ।
हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पुर्याउनेछन्‚ु महानगर प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ ।
नागरिकका समस्या सुनुवाइ गरेर समाधान गर्न टोल फ्रि नम्बर ११८० लाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी समुदायस्तरमा सचेतनाका बढाउन शिक्षकहरू परिचालन गर्ने, जोखिमयुक्त स्थानमा निसंक्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ ।
कोभिड नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न संक्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई एक लाख, मझौला वडालाई ७५ हजार र साना वडालाई ५० लाख निकासा पठाउने निर्णय गरेको छ ।
वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि अहिलेको अवस्थापमा परिचालन गरी प्रभावकारीरूपमा काम अघि बढाउन, भाइरस नियन्त्रणका लागि जनचेतना लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बैठकमा सहभागीहरूको धारण थियो । रासस
हेल्थपाटी
तपाईँको अभिमत