पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप भदौ २७ गतेदेखि लगाइने
सरकारले आगामी भदौ २७ गतेदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी)को डेमोस्ट्रेसन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरि परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा.अभियान गौतमले सातै प्रदेशका ठूला सरकारी अस्पतालहरुबाट एचपीभीको डेमोस्ट्रेसन गर्न लागेको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार डडेल्धुरा अस्पतालमा २७ देखि २९ गते, प्रदेश अस्पताल, भेरी अस्पताल गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालमा २७ देखि ३० गते, नारायणी अस्पतालमा २९ देखि ३१, कोशी अस्पतालमा २८ देखि ३० गतेसम्म खोप दिइनेछ ।
यो खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त तथा नेपालको औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त खोप हो । यो खोप १४ वर्ष पुगी १५ वर्ष ननाघेका किशोरीहरुलाई दिइनेछ । एचपीभी भनेको एक प्रकारको विषाणु हो । अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ह्युमन प्यापिलोमा भाइरस हो ।

संसारका विभिन्न देशहरूमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक हो । पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत भन्दा बढि क्यान्सर एचपिभीले गराउँदछ । एचपिभीको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ ।
यसमध्ये पनि १६ र १८ प्रजाती प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभीको प्रजाती १६ र १८ बाट भएको देखिन्छ । यसको संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्ने गर्दछ ।
संक्रमणका चिन्ह तथा लक्षण के कस्ता हुन्छन् ?
यसले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्ग क्यान्सर समेत गराउन सक्दछ । पाठेघरको मुखको क्यान्सरको शुरुको अवस्थामा धेरै जसोमा लक्षण र चिन्हहरू देखिदैन र अन्तिम अवस्थामा मात्र पहिचान पछि गएर तल्लो पेट दुख्ने, अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने कमजोर हुँदै जाने र रक्तअल्पता जस्ता लक्षणहरू देखिन्छन् ।

चीनबाट दुई महिना अघि ल्याइएको २० हजार भाइल खोप ल्याइएको छ । यो खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो । सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो ।
खोप २ मात्रा पुरा गरेमा संक्रमणबाट ९५ प्रतिशत सम्म सुरक्षा प्रदान गर्छ । यो खोपबाट मुख, यौनांगमा आउने मुसा एवं यौनांगको क्यान्सरबाट जोगाउन सकिनेछ ।
एचपीभी खोप लगाएपछि देखिने असरहरू
खोप लगाएको ठाँउमा दुख्नु तथा सुन्निनु, टाउको दुख्नु वाकवाकी लाग्नु, टाउको दुख्नु, थकान महसुस रिंगटा लाग्नु, ज्वरो आउनु, एलर्जी हुने जस्ता असरहरु देखिन सक्छ । तर यो असर केही समयमै हराएर जान्छ ।
हेल्थपाटी
तपाईँको अभिमत