बीपी प्रतिष्ठानमा कार्यरत प्रा.डा. गुरुङको निधन
अ +
अ -
काठमाडौं । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत प्रा.डा.राजेन्द्र गुरुङको निधन भएको छ ।
प्रतिष्ठानमा माइक्रोबायोलोजी विभागमा कार्यरत ४५ वर्षका गुरुङको आज निधन भएको हो । उहाँलाई आन्द्राको क्यान्सर भएको थियो ।
प्रतिष्ठानको चिकित्सा तथा दन्त–चिकित्सा शिक्षण कल्याण समाजले विज्ञप्ति निकालेर आफ्ना सदस्य गुरुङको निधनले मर्माहत् बनाएको र सिंगो प्रतिष्ठानको अपूरणीय क्षति भएको जनाएको छ । साथै समाजले शोकाकुल सबैमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
तपाईँको अभिमत