५-११ उमेरका बालबालिकालाई कोरोना संक्रमण हुने सम्भावना ३ गुणा बढी
वयस्कका तुलनामा ५ देखि ११ वर्ष उमेरका बालबालिकामा कोभिड–१९ भाइरस संक्रण हुने सम्भावना ३ गुणा बढी रहेको एक अध्ययनले देखाएको छ । लण्डनका शोधकर्ताहरुले गरेको एक अध्ययनमा यस्तो दावी गरिएको छ।
इङ्ल्याण्डको इम्पेरियल कजेल लण्डन र मार्केट रिसर्च कम्पनी इप्सोस मोरीका वैज्ञानिकहरुले गरेको अनुसन्धानको निष्कर्ष छ कि त्यो उमेर समूहका बालबालिकाले खोप नपाएकाले यस्तो नतिजा देखिएको छ ।
शोधकर्ताहरुले गत २३ नोभेम्बरदेखि १४ डिसेम्बरसम्म ९७ हजार बालबालिकाको नमुना परीक्षण गरी अध्ययन गरेको बताएका छन् । जसमा प्राइमरी स्कुलमा पढ्ने ४.४७ प्रतिशत बालबालिकामा कोरोना संक्रमण पाइएको थियो ।
बेलायतमा कोरोना संक्रमणदर १.४१ छ । खोप लगाएका कारण किशोर अवस्थाका व्यक्तिमा कोरोना संक्रमण आधार घटेको शोतकर्ताले बताएका छन् । पहिलो कोरोना संक्रमणको मारमा किशोर उमेरकामा बालबालिका परेका थिए ।
७५ वर्ष भन्दा माथि उमेरका वृद्धवृद्धामा कोरोना संक्रमण दुई तिहाइले घटेको पनि अध्ययनमा भनिएको छ ।
बच्चामा ओमीक्रोन संक्रमण पनि पाइएको यस शोधकर्ताले भनेका छन् । शोधकर्ता मध्येका एक अगुवा डा.पल अलियट का अनुसार ११ डिसेम्बरसम्म ६५० बालबालिकाको जिन सिक्वीन्सिङ गर्दा ११ जनामा ओमीक्रोन भेरियन्ट देखिएको थियो र बाँकीमा पुरानै भेरियन्ट देखिएको थियो ।
अध्ययन चलिरहेका बेला ओमीक्रोन भेरियन्ट दैनिक ६६ प्रतिशतका दरले वृद्धि भएको थियो । अन्य भेरियन्ट भन्दा ओमीक्रोन ३ गुणा बण्ी संक्रामक रहेको निष्कर्ष पनि यस अध्ययनले गरेको छ ।
५ देखि ११ वर्ष उमेरका बालबालिकालाई पनि खोपको दायरामा ल्याउनु पर्ने सुझाव शोधकर्ताको छ ।
हेल्थपाटी
तपाईँको अभिमत