नेपालमा कोरोेना संक्रमणदर ५ प्रतिशत तल, दोस्रो लहरयताकै कम

फाइल तस्विर
पछिल्लो केहस् साता नेपालमा कोरोना भाइरस संक्रमणदर घट्दै गएको तथ्यांकले देखाएको छ । ५० प्रतिशतभन्दा माथिसम्म पुगेको संक्रमणदर अहिले घटेर ५ प्रतिशतभन्दा तल झरेको छ । आइतबार कोरोना परीक्षण भएकोमध्ये ४.८ प्रतिशतलाई संक्रमण पुष्टि भएको थियो । यो संक्रमणदर दोस्रो लहर सुरु भएयताकै कम हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२ हजार ४०४ जनाको परीक्षण भएको र त्यसमा ५९६ जनालाई संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले नेपालमा संक्रमणदर दोस्रो लहर यताकै कम भएको बताउनुभयो । यद्यपी संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड पालना गरि दशैं मनाउन उहाँले आग्रह गर्नुभयो । जेठको पहिलो साताबाट दोस्रो लहर सुरु भएको थियो ।
विज्ञहरुका अनुसार संक्रमणदर ३ प्रतिशतभन्दा तल गए मात्र त्यसलाई नियन्त्रणको संकेतको रूपमा लिन सकिन्छ । नेपालमा गत असोज–कात्तिकमा संक्रमणको पहिलो लहर उत्कर्षमा पुगेको थियो । कात्तिक ५ गते सबैभन्दा धेरै ५ हजार ७ सयभन्दा बढीलाई संक्रमण पुष्टि भएको थियो । यो भनेको संक्रमण दर करिब २९ प्रतिशत हुन आउँछ । सोही दिन २६ जनाको मृत्यु भएको थियो, जुन करिब ०.४५ प्रतिशत हो ।
यसैगरी कात्तिक १९ गते ३ हजार ३ सय नयाँ कोरोना संक्रमितको पहिचान भएको थियो र ३० जनाको मृत्यु भएको थियो, जुन पहिलो लहरको सबैभन्दा धेरै मृत्युको पुष्टि भएको थियो ।
जेठ ५ गते नयाँ कोरोना संक्रिमतको संख्या ८हजार १७३ पहिचान भएकोमा २४६ जनाको मृत्यु भएको थियो । दोस्रो लहरमा तिव्र गतिमा फैलने कोरोनाको डेल्टा भेरियन्टका कारण धेरैलाई संक्रमित बनाउनुका साथै धेरैको मृत्यु भयो ।
हेल्थपाटी
तपाईँको अभिमत