कोरोनाका कारण आज ३४ जनाको मृत्यु
अ +
अ -
काठमाडौं । आज देशभरमा गरी कोरोनाका कारण ३४ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण नेपालमा ८ हजार ६ सय ७५ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त भएका छन् भने ३४ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार १० पीसीआर र ४ हजार ६६० जनाको एन्टीजेन गरि जम्मा ११ हजार ६९७ परीक्षण भएको छ । जसमा पीसीआरमा १६६८ र एन्टीजेनमा ७३१ जनालाई पोजेटिभ देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत