दुई अतिरिक्त सचिवका लागि तीन जनाको नाम सिफारिस
अ +
अ -
अतिरिक्त सचिवका लागि तीन जनाको नाम सिफारिस भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औं तहको दुई रिक्त अतिरिक्त सचिवका लागि तीनजना सिफारिस हुनुभएको हो ।
डा. केशरबहादुर ढकाल, डा. श्रीकृष्ण श्रेष्ठ र डा. सुधा देवकोटा सिफारिस हुनुभएको हो ।
२४ जनाले आवेदन दिएकामा एक जनाले आवेदन फिर्ता लिएपछि २३ जनामध्ये बढुवा समितिले तीन जनालाई सिफारिस गरेको हो।
मन्त्रिपरिषद्ले तीनमध्ये दुईजनालाई नियुक्त गर्नेछ।
हेल्थपाटी 
तपाईँको अभिमत