कोरोनाको ग्राफ निरन्तर उकालो, आधा संक्रमित काठमाडौंमा

फाइल फोटो।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार काठमाडौं जिल्लामा ३६२, ललितपुरमा ९४ र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घणटमा देशभर ९४४ जना संक्रमित थपिएका छन् । देशभर थपिएका कोरोना संक्रमित मध्ये ५०.९ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै छन् ।
सक्रिय संक्रमितको संख्या पनि उपत्यकामा करिब आधा छन् । देशभर ६ हजार १४० सक्रिय संक्रमित रहेकोमा उपत्यकाका तीन जिल्लामा मात्रै २९७५ जना रहेको स्वास्थ्य मन्त्रालयको विवरणले देखाउँछ । यो भनेको ४८.४५ प्रतिशत हो ।
जसमा काठमाडौंमा १६७६, ललितपुरमा ७२३ र भक्तपुर जिल्लामा ५७६ जना छन् ।
पछिल्लो २४ घण्टाको पीसीआर परीक्षणको पोजेटिभ रिपोर्ट देखिनेदर ७.१ प्रतिशत छ ।
हेल्थपाटी
तपाईँको अभिमत